About Our Company

नेपालको पश्चिम क्षेत्रकै प्रवेश द्वारको रुपमा परिचित यस कोहलपुर सुन्दर नगरीमा हाम्रो संस्था वागेश्वरी यातायात व्यवसायी समिति रुपान्तरीत वागेश्वरी यातायात व्यवसायी प्रा.लि.कोहलपुर ११, बा“केमा रहेको छ । २०५३ साल देखि झण्डै ३० कि.मि.को निश्चित दुरीमा जन्मिएको हाम्रो यस संस्थालाई नेपाल राज्यका अधिकांस कालोपत्रे सडकहरु सम्म पहु“च बृद्धि गराउने महान अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने यस क्षेत्रका यातायात व्यवसायीका अग्रज नेतागण, आदरणिय चन्द्र भुषाल, डोलनाथ खनाल, तारा श्रेष्ठ, नरेन्द्र शर्मा, स्व. राम प्रसाद अर्याल लगायत यस संस्थाका पूर्व अध्यक्ष ज्यूहरु, पूर्व पदाधिकारी ज्यूहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक सम्मान व्यक्त गर्न चाहन्छौ ।

यस प्रा.लि.लाई विगतका अप्ठ्यारा अवस्थामा महत्वपूर्ण साथ दिनुहुने राजनैतिक नेतृत्व, सामाजिक संघ संस्थाहरु, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधिहरु, तत् तत् अवस्थाका व्यवसायी मित्रहरु लगायत कर्मचारी मित्रहरुको महत्वपूर्ण योगदानको स्मरण गर्दै सम्मानका साथ धन्यवाद ज्ञापन गर्दछौं ।

यस यातायात क्षेत्रलाई कार्य थलो बनाई आफ्नो जीवनको अमूल्य समय खर्चेर यस समितिको चौतर्फी विकाशका नीम्ती जीवन गुमाउनु भएका स्वर्गीय सदस्य व्यवसायी ज्यूहरु तथा कर्मचारी भाईहरु प्रति म हृदय देखि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौ । यस प्रा.लि.ले समय अनुसारको कार्यक्षेत्रलाई परिमार्जन गर्ने क्रममा विद्युतीय कारोबारो तथा प्रणाली अपनाउनका लागि यस एपको निमार्णय गरि संचालन गर्न गईरहेको व्यहोरा अवगत गराउन चाहान्छौ । यस एपको निमार्णले लेखा प्रणालीलाई सहज छिटो छरीतो गर्नका लागि सम्पूर्ण कारोबार विद्युतीय माध्यमबाट गर्नका लागि आवश्यक व्यवस्था मिल्ने,विज्ञान र प्रविधिको विकासको चरम अवस्थामा समेत हामी संग आवद्ध व्यवसायीहरुका सवारी साधनहरुका कागज पत्र चुस्त दुरुस्त नभई कतिपय अवस्थाहरुमा व्यवसायीहरु ठूला ठूला आर्थिक समस्याहरु झेलिरहन बाध्य भएकाले प्रा.लि.को. प्रधान कार्यालयमा कागजपत्रको म्याद अध्यावधी गराई समयमै व्यवसायी लाई सूचना प्रवाह गर्ने सहज हुने, बसपार्क प्रवेश शुल्क जस्ता बाह्य आर्थिक श्रोतहरुको खोजीगरी प्रा.लि.लाई आर्थिक रुपमा सवल र सक्षम बनाउन, साना साना सवारी दुर्घटना ह“ुदा व्यवसायीलाई विना झण्झट पेश्की उपलब्ध गराउन, आर्थिक चुहावट रोक्न खर्चमा मितव्ययीता कायम गर्न तथा अनियमितताको अनुगमन निरीक्षण गर्न , व्यवसायीको हितका लागि इ टिकटीङग सूरुवात गर्न, लेखा को सम्पूर्ण हिसाव किताव सफ्टवयरमा राखिएको र यस्लाई अझ मजबुद गर्दै लैजा, ई भुक्तानी प्रणाली सूरुवात भएको र अझ व्यवस्थीत गर्दै लैजान ।

कोरा कागजमा जति सुकै महत्वकांक्षी योजनाहरु कोरियता पनि कार्यान्वयनको क्षेत्रमा सवल आर्थिक अवस्था, जुटाईने श्रोतको समुचित सदुपयोग, जिम्मेवारीमा रहने व्यक्तिहरुको ईमान्दारिता र लगनशिलता, सवै क्षेत्रमा आर्थिक अनुशान भएमा मात्र सफल रुपमा लक्ष प्राप्ती हुन सक्छ । अतः यसकालागि व्यवसायी एकताको महत्वपूर्ण भूमिका रहन्छ । निजीक्षेत्रबाट लगानीगरी सामुहिक भावनाका साथ सवैको पेशागत हक हितका लागि समर्पण रहन सवैमा

अनुरोध गर्दछौ ।